२०८३ असार ८, सोमवार
 

एमसिसीको विरोधमा नेपालका लागी नेपाली पार्टीको माइतीघर मण्डलामा प्रदर्शन

prabhu bank home loan
  • एमसिसीको विरोध तथा भ्रष्टाचार बढेको भन्दै पछिल्ला दिनमा सामाजिक संजाल मार्फत विरोध प्रदर्शन गरिरहेको नेपालकालागि नेपाली पार्टीले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सामाजिक संजालबाट सडकमा ओर्लिएको यो पार्टीले विभिन्न प्लेकार्डहरु लिएर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

मुलुक बचाउन र स्वाभिमानी नेपाली बन्न एमसिसिको विरोध गरौं भन्दै सडकमा उत्रिएको नेपालका लागि नेपाली पार्टीको विरोध सभामा कलाकार राजाराम पौडेल, डा. सुरेन्द्र भण्डारी, धर्म गुरु श्री निवासको समेत उपस्थिति रहेको थियो । त्यस्तै सत्य सनातन वैदिक धर्म सापेक्ष राष्ट्रको माग गर्दै स्वस्ति वाचन र शंखघोष गरी कर्यक्रमको शुभारम्भ गरिएको थियो ।

धर्म गुरु श्री निवासले “तपाईं हाम्रो देश कसैको अधिनमा नरहेको देश पुर्खा हरुले दुख गरेर हिन्दु राज्य स्थापना गरेको देश आज कता जादै छ रु हामी गुरुहरु पनि मन्दिर छोडेर सडकमा नेपाली सेनाको तातो गोलि खान तयार छौँ तर विदेशी बुट बजारिएको हामी सहन सक्दैनौं भन्दै” आक्रोश पोखे ।

एमसिसी खारेज गर, एनसेल बाट कर उठा, स्वाधीन नेपाललाई पराधिन बनाउन पाइदैन, एमसिसी चाहिदैन, हाम्रो स्वाभिमान हाम्रो शान, स्वतन्त्र राष्ट्र हाम्रो पहिचान जस्ता नारालाई प्लेकार्ड मार्फत प्रदर्शन गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने