२०८३ बैशाख १६, बुधबार
 

‘फ्रन्टलाइनर’ को सम्मानमा कोरिएका चित्र मेट्नु कला र कलाकारको अपमान

prabhu bank home loan

काठमाडौं,

नेपाली काँग्रेसले कोरोना महामारीविरूद्ध अग्रमोर्चामा खटिएका चिकित्सक लगायतको सम्मानमा काठमाडौंको रत्नपार्क क्षेत्रका भित्तामा कोरिएका चित्र मेट्ने कार्य कला र कलाकारको अपमान भएको टिप्पणी गरेको छ । डुजाङ शेर्पा, सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा वडा कार्यालयबाट अनुमति लिएर चित्र कोरेका थिए ।

उक्त चित्र मेटाइदिएपछि अहिले काठमाडौं महानगरपालिकाको आलोचना भइरहेको छ । ‘स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौंको एक पर्खालमा निर्माण गरिएको थियो । युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

साथै प्रवक्ता शर्माले काठमाडौंको अनेक स्थानमा थुप्रिएका फोहोरले सहरको सौन्दर्यमा असर गरेको पनि उल्लेख गर्नुभएको छ । तर उक्त चित्रले सौन्दर्भमा असर नगरेको शर्माको भनाइ छ। शेर्पा लगायतका कलाकारले करिब एक लाख रूपैयाँ खर्च गरी उक्त चित्र कोरेका थिए ।

हेर्नुहोस् विज्ञप्तिः

‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान । ब्यवहार निन्दनीय ।

महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यस विपरीतको ब्यवहार निन्दनीय हुन्छ ।

कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साता अघि काठमाडौको एक पर्खालमा निर्माण गरेका थिए । युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ ।

अनेकौं समाचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर लिखित अनुमति लिएर, फ्रन्टलाईनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउंदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको ब्यवहार किमार्थ हुन सक्दैन । काठमाडौको अनेक स्थानमा थुप्रीएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक ब्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
असार १७, २०७८

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने