२०८२ बैशाख १७, बुधबार
 

सातै प्रदेशका ८ सय भन्दाबढी सामुदायिक विद्यालयमा नर्स परिचालन

काठमाडौं,

सरकारले सातै प्रदेशमा एक विद्यालय एक नर्स कार्यक्रम लागु गरेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ बाट प्रदेशका १३ जिल्लाका २० सामुदायिक विद्यालयबाट सुरु गरेको एक विद्यालय एक नर्स कार्यक्रम अहिले देशभर लागु भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार देशभर ८ सय ३० भन्दाबढी सामुदायिक विद्यालयमा एक जनाका दरले नर्स परिचालन गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा मशहाशाखाका बरिष्ठ सामुदायिक नर्सिङ अधिकृत अमृता पहाडीले जानकारी दिनुभयो । अहिले बागमती प्रदेशका ३ सय ५९ सामुदायिक माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भैरहेको छ ।

त्यसपछि प्रदेश १ मा एक सय ४५, प्रदेश २ मा एक सय १८, कर्णालीमा एक सय, सुदुरपश्चिममा ५५, गण्डकीमा ३२ र लुम्बिनीमा ३० जना कार्यरत रहेको बरिष्ठ सामुदायिक नर्सिङ अधिकृत पहाडीले बताउनुभयो । प्रदेश १ र बागमती प्रदेशमा प्रदेशकै पहलमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा केन्द्र मार्फत र प्रदेश २ तथा सुदुरपश्चिम प्रदेशमा संघ र प्रदेशको साझेदारीमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

विद्यालय तहबाट बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खाने तथा स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्न, समग्र स्वास्थ्य, सरसफाइ र पोषण प्रवद्र्धन, मानसिक स्वास्थ्य, किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अवस्थामा सुधार गरी विद्यार्थीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन भन्दै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६ बनाएरै कार्यान्वयन सुरु गरेको थियो ।

कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा लागु भएपछि विद्यालय बन्द भएपछि नर्सलाई विद्यालय भएको स्थानीय तहको स्वास्थ्य संस्थामा कोरोनाको उपचारका काममा परिचालन गरिएकोम हाशाखाले जनाएको छ ।

हेर्नुहोस् प्रदेश अनुसार नर्सको संख्याः

श्रोतः स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा मशहाशाखा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

5 + one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने