२०८३ भदौ ८, सोमवार
 

हो त रहेछ असार पन्ध्र

prabhu bank home loan

मानबहादुर (एमबी) खड्का

एता गाउँतिर एउटा खेती छ
उता शहर तिर अर्को खेती छ
एता खेतका गरा तिर
बाउसे रोपार हिलो छ्यापा छ्याप गर्छन्
र रोपाईं जात्रा मनाउछन्

उता शहरका महल तिर मालिकहरु
उस्तै गरि हिलो छ्यापाछ्याप गर्छन्
र भैंसी जात्रा मनाउँछन्

असार १५ धान पर्व रे
खेत देखे पनि नदेखे पनि
माटो टेके पनि नटेके पनि
शक्ति र सितलता पाउन
मान्छे दही चिउरा खान्छन्
दही चिउरा खाए पनि नखाए पनि
दही चिउरे कुरा गर्न छोडदैनन्

एता गाउँतिर एउटा खेती गर्छन्
उता शहर तिर अर्को खेती गर्छन्
म सानो छँदा स्कुलमा
नेपाल कृषिप्रधान देश हो भन्थे गुरुले
हो त रहेछ
गुरु वचन सँधै सत्य हुन्छ भन्थे बा
हो त रहेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

12 + 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने