२०८३ बैशाख ८, मङ्लबार
 

सभामुखद्वारा विपद् प्राधिकरणको टोली र विशेषज्ञहरुसँग छलफल

prabhu bank home loan

काठमाडौं,

सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको सुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणको टोली र सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग छुट्टा–छुट्टै छलफल गर्नु भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलिले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानले पुर्याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यकाबारे सभामुख सापकोटालाई जानकारी गराउनु भयो । सो अवसरमा सभामुख सापकोटाले विपद्ग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुसार कार्य अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।

सभामुख सापकोटाले विपत्तिबाट समस्यामा परेकाहरुलाई यथासक्य छिटो सम्बोधन गर्न र सबैभन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन सुझाव दिनु भयो । सभामुख सापकोटाले यसअघि आइतबार सिंहदरबारस्थित कार्यकक्षमा विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञहरुसँग छलफल गर्नु भएको थियो ।

देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनर्स्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रीत सो छलफलका सहभागीहरुले नेपालका ७७ जिल्ला मध्ये भूगोल र मौसमका हिसाबले सिन्धुपाल्चोक निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताउनु भएको थियो ।

विज्ञहरुले पूर्व तयारीका लागि पूर्व सूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदि नियन्त्रणका क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने धारणा राख्नु भएको थियो । सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको नमुनायोग्य काम गरी देशका अन्य स्थानमा पनि सो विधि लागू गर्न सकिने उहाँहरुको सुझाव थियो । छलफलमा विज्ञहरु डा. गंगालाल तुलाधर, डा. हरिकृष्ण श्रेष्ठ, डा. रञ्जनकुमार दाहाल, डा. कृष्ण देवकोटा र डा. रविनराज निरौला सहभागि हुनुभएको थियो ।

सभामुख सापकोटाले मंगलबार नै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 − 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने