२०८३ बैशाख १६, बुधबार
 

चाइनिज ताइपेईविरुद्ध नेपालको दोस्रो जित, ताइपेई २-० ले पराजित

prabhu bank home loan

काठमाडौं,

विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा विहीबार राती भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गर्नुभयो । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाउनु भएको थियो ।

चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पायो र त्यसमा अन्जन विष्टले सहजै गोल गर्नुभयो । गरेनन् । यसअघि २०१९ मा भएको छनोटकै खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । उक्त खेलमा दुवै गोल अन्जन विष्टले गर्नुभएको हो ।

दोस्रो हाफमा नेपालले एक गोल थप्यो । सुनिल बलको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुगले त्रिभुवन आर्मी फुटबल क्लबका टिममेट सुमन अर्यालको क्रसमा गोल गर्नुभयो । समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेको थियो । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।

चाईनिज ताईपेको यो छैटौं हार हो । अंकविहीन ताइपेई तालिकाको पुछारमा रहेको छ । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ । कोरोना भाईरसको महामारीको कारण नेपालले आफ्नो होम खेल न्युट्रल भेन्युको रुपमा कुवेतमा खेलिरहेको हो ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

May be an image of 23 people and text that says 'CONGRATULATIONS NEPAL TEAM FIFA WORLD CUP QUALIFIERS 2022 AND ASIAN CUP 2023 NEPAL CTFA NEPAL 2-0 CHINESE ΤΑΙΡΕΙ GOAL!!!'

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने