२०८३ बैशाख २, बुधबार
 

नेपालमा कोरोनाको तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि

prabhu bank home loan

काठमाडौं,

नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागबाट गत हप्ता संक्रमितका ३५ वटा नमूनाहरू परीक्षण गर्दा नयाँ भेरियन्टको पुष्टि भएको जनाएको हो ।

विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त भारतको प्रयोगशालमा गरेको जिन सिक्विन्सिङबाट नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल पत्ता लागेको नयाँ भेरियन्टले सबै समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयको भनाई छ । यससँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

‘भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ’ मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्धारा हस्ताक्षतिर अपिलमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने