२०८३ बैशाख ३, बिहिबार
 

‘नागरिक एप’को औपचारिक शुभारम्भ

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली ‘नागरिक एप’को आइतबारबाट औपचारिक शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गर्नुभएको हो ।

सम्भव भएका सबै सरकारी सेवालाई एउटै एपबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गते देखि बेटा भर्सनको रुपमा सुरु भएको थियो । बेटा भर्सनमै यो एप पाँच लाख २५ हजारभन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन् । यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जनाभन्दा बढीले प्यान नम्बर लिसकेका छन् ।

कार्यक्रममा कुनै पनि सेवा लिन नागरिकता, सबन्धित कागजात र फोटो लिएर सरकारी कार्यालय धाउनु पर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको जानकारी कार्यक्रममा दिइयो नागरिक एप प्रणालीमा सम्बद्ध व्यक्तिका नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता आधारभूत विवरणहरु छन् ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ । एसएलसी र प्ल सटु तहका शैक्षिक विवरणसमेत एपमा रहनेछन् । पछिल्लो समय स्वास्थ्य बीमाकोे सुविधा पनि यसमा थपिएको छ ।

नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत दिन थालिसकिएको छ । प्रधानमन्त्रीले आजबाटै सुरु गरिएको एपबाटै क्युआर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणालीको सुरुवात समेत गर्नुभएको छ । उहाँले सो एपमार्फत आफ्ना विवरण पठाइ नेपाल बैंक लिमिटेडमा आफ्नो खाता खोलेर यसको सुरुवात गर्नुभएको थियो ।

शुभारम्भपछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाहदेखि सामाजिक अन्तरक्रिया समेतमा आधारभूत परिवर्तन आएको बताउनुभयो । सेवालाई पेपरलस र फेसलेस (आफैँ पुग्नुपर्ने झन्झटबाट मुक्त) बताउने भनाई उहाँको थियो । यसअघिको बेटा संस्करण मै उत्साहपूर्ण सहभागिता रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । आगामी दिनमा अन्य सरकारी सेवासमेत एपमा थपिने बताउँदै उहाँले यसबाट सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त र जवाफदेही बनाउन समेत मद्दत गर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो ।

 

‘सम्मृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाइएको सूचना प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदारणीय काम गरेका सुधिर पराजुली, कुसुम लामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यसवर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने