२०८३ बैशाख १८, शुक्रबार
 

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) अब भर्चुअल्ली हुने

prabhu bank home loan

काठमाडौं,

यही बैशाख २३ देखि २७ सम्म गर्ने भनिएको चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) अब भर्चुअल्ली हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आईरहेको यो महोत्सव भौतिक रुपमै गर्ने भनिएकोमा अब भर्चुअल्ली अर्थात अनलाइनमा आयोजना गरिने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

आयोजक महोत्सवलाई फागुनमा गर्ने तयारीमा थिए । तर, कोरानाको महामारीले गर्दा महोत्सवको मिति वैशाख २३ देखि २७ गतेलाई सारिएको थियो । सरकारले निषेधाज्ञा जारी गरेसँगै महोत्सवले अनलाइनको बाटो रोजेको हो । अब महोत्सवका गतिविधि अनलाइनमार्फत गर्ने र फिल्मको प्रदर्शन भने नेट टिभीबाट गरिने आयोजक बताउँछन् ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो वर्ष महामारीका विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड दिने व्यवस्था गरिएको छ । यो विधाको विजेताले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ ।

यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार र फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । त्यस्तै ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को जुरीको तर्फबाट आईएफएफएस डन किहोते अवार्ड प्राप्त गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने