२०८२ जेष्ठ ६, सोमवार
 

७ हजार २ सय ११ संक्रमित थपिए, एक हजार ६ सय १२ निको भए

काठमाडौं,

एकै दिनमा कोरोना संक्रमणको नयाँ रकेर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ७ सय ७० नमुना परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको नयाँ रेकर्ड कायम भएको हो । १६ हजार एक सय ४७ पीसीआर परीक्षणमा ७ हजार एक सय ३७ जना र ६ सय २३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन् । गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ । जसमध्ये ३ हजार ५ सय ३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार एक सय ८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४ सय ७७ जना आईसीयूमा छन् ।

अघिल्लो साताको तुलनामा यो साता संक्रमितको संख्या १३६.८ प्रतिशत बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । प्रदेशगत रुपमा लुम्बिनीमा २३३ र कर्णालीमा २१६ प्रतिशतले संक्रमितको संख्या बढेको छ । ‘यसले विश्वमा एकदमै चाँडो संक्रमितहरुको संख्या बढिरहेको देशहरुमा नेपाल पनि पर्छ भन्ने देखाउँछ’ धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग निर्देशक डा. विराजमान कर्मचार्यले बताउनुभयो ।

पोजेटिभिटी रेसियो अर्थात परीक्षण गरिएकाहरुको अनुपातमा संक्रमित ३७ प्रतिशत छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णालीमा ६७.९ र लुम्बिनीमा ६१.३ प्रतिशत छ । जबकी पोजेटिभिटी रेसियो ५ प्रतिशतभन्दा कम हुनुपर्छ । डा. कर्माचार्य भन्नुहुन्छ, ‘अहिले संक्रमितको संख्या जति देखिएको छ, त्योभन्दा धेरै गुणा संक्रमितहरु, जसको पीसीआर गरिएको छैन, समुदायमा छन् ।’

फैलिने दर पनि लुम्बिनी र कर्णालीमा नै धरै छ । लुम्बिनीमा २.९ र कर्णालीमा २.४ प्रतिशत छ । निषेधाज्ञाले अहिले भएको संक्रमणलाई एक हदसम्म नियन्त्रण गर्न सहयोग गर्ने जनस्वास्थ्य विदहरु बताउँछन् । यसले समुदायमा भएको संक्रमण कम गरेपनि घरभित्र फैलिन सम्भावना टार्दैन । त्यसैले कसैलाई लक्षण देखिएमा आइसोलेट हुने र परीक्षण गर्नुपर्ने जनस्वास्थ्य विभाग निर्देशक डा. कर्मचार्यले बताए ।

कुन जिल्लामा कति ?

यस्तै काठमाडौंमा २ हजार ७ सय ४ , ललितपुरमा ५ सय ५० , रुपन्देहीमा ४ सय ६६, बाँकेमा ४ सय ६, भक्तपुर ३ सय १, मोरङमा २ सय ४९, कैलालीमा २ सय ३२, धनुषामा २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तैं मकवानपुर एक सय ६९, दाङमा एक सय ३३, पर्सामा एक सय १२, महोत्तरीमा १ सय ७, नवलपरासी पश्‍चिममा ८०, चितवनमा ७७, सुनसरीमा ७४, कास्कीमा ६९, बर्दिया ५१, नुवाकोटमा ४६, बारामा ४४, कपिलवस्तुमा ४१, बैतडीमा ३८, अर्घाखाँचीमा ३७, रौतहटमा ३६, सिन्धुपाल्चोकमा ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिरहा र सिन्धुलीमा ३२/३२ जना, डडेलधुरामा २८, सर्लाहीमा २७, दैखेलमा २५, कञ्‍चनपुरमा २४, काभ्रेपलाञ्चोकमा २३, नवलपरासी पूर्व, डोटी १९, सप्तरीमा १७, गोरखामा १६, तनहुँमा १४, रामेछापमा १३, गुल्मी, पाल्पमा ११, जुम्लामा १० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै इलाम, दोलखा, लम्जुङ र अछाममा ८/८ जना, पर्वत, म्याग्दी, कालिकोटमा ७/७ जना, बागलुङ र स्याङ्जामा ६/६ जना, उदयपुर, रूकुम पूर्व, रोल्पा र सल्यानमा ५/५ जना, ओखलढुंगा र रसुवामा ४/४ जना थपिएका छन् ।

यस्तै प्युठानमा ३, खोटाङ, ताप्लेजुङ, धनकुटा, भोजपुर र मुगुमा २/२ जना, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, डोल्पा, रूकुम पश्‍चिम, दार्चुला र बझाङमा १/१ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने