२०८३ असार ६, शनिबार
 

गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढ्नेलाई जिम्मेवारी दिइने प्रधानमन्त्रीको भनाइ

prabhu bank home loan

काठमाडौं,

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर पार्टीको मर्म अनुसार अघि बढ्न चाहने हरेक नेता कार्यकर्तालाई जिम्मेवारी दिइने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबार बल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यास पछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँडदा पनि कारबाही नगरेर सम्झाउने प्रयास गरिएको बताउनुभयो ।

‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं। तर यसलाई कसैले कमजोरी नठानियोस्’ उहाँले बताउनुभयो, ‘कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव हुँदैन ।’ प्रधानमन्त्री ओलीले मौका पाउनासाथ प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन आफूलाई साधारण सदस्यबाटै निकालेको उल्लेख गर्नुभयो । ‘टाउको मै हान्न सके जीउ जति बलियो भए पनि काम लाग्दैन त्यसैले मलाई कारबाही गरियो’ उहाँले भन्नुभयो, ‘अब उप्रान्त पार्टीमा भागबण्डा पनि हुँदैन ।’

वि.सं. २०५१ मा बनेको एमाले पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय भूकम्प प्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबैभन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने