२०८३ बैशाख ४, शुक्रबार
 

संक्रमितको संख्या दैनिक २ हजार नजिक

prabhu bank home loan

काठमाडौं,

नेपालमा कोरोना संक्रमितको संख्या दैनिक २ हजार नजिक पुग्न थालेको छ । गएको २४ घण्टामा परीक्षण गरिएकोमध्ये झण्डै २० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ८ हजार ७ सय ३८ जनाको परीक्षण गर्दा एक हजार ७ सय ३६ संक्रमित भएका छन् । ८ हजार ५५ पीसीआर परीक्षणमा एक हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणमा ६९ गरी एक हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । २४ घण्टामा निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ ।

यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८ सय ६ पुगेको छ । सक्रिय संक्रमित ८ हजार ६ सय ५९ छन् भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा अहिले घटेर ९५ दशमलव ९ प्रतिशतमा झरेको छ । नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

seven − 1 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने