

काठमाडौं,
आज र भोली देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुँदैछ । गर्ने भएको छ। अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटासमेत वितरण गरिने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेकोले जनस्वास्थ्य मापदण्ड २०७७ पालना गरी कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।
मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न भनेको छ।
मन्त्रालयले अभियानका क्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेदेखि बालबिलकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम स्थगन गर्नेसम्मको रहेको छ।

