२०८३ बैशाख ४, शुक्रबार
 

संसदलाई घेराबन्दी गर्न खोजिएको सभामुख सापकोटाको भनाइ

prabhu bank home loan

काठमाडौं,

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले भन्नुभयो, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन् । तर म कसैको दबावमा काम गर्दिनँ ।’

संसदलाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको उहाँको भनाइ छ । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले जनताको अभिमतलाई मान्य हुनेगरी निर्णय गर्ने प्रष्ट पार्नुभएको छ । संसदमा विचाराधिन विधेयकमा सभामखुले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसिसि शब्दको उच्चरण नगरी स्पष्टिकरण दिएका हुन् ।

यसैबीच, नेपाल पत्रकार महासंघको २६ औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आइतबार नेपाल पत्रकार महासंघमा भएको समारोहका प्रमुख अतिथि सभामुख अग्निप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिनुभयो ।

उहाँले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले देश कठिन मोडमा रहेको भन्दै यो बेला पत्रकारहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने चर्चा गर्नुभयो ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था रहेको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने बताउनुभयो । उहाँले नवनिर्वाचित केन्द्रीय सदस्य बबिन शर्मालाई प्रहरीले धरपकड गरेको भन्दै प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल रहेको बताउनुभयो ।

निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघको इतिहासमा हरेक कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो कार्यकालबाट महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने अभ्यास सुरु गरिएको बताउनुभयो । उहाँले महासंघलाई थप समावेशी बनाउने अवसर प्राप्त भएको पनि बताउनुभयो ।

कार्यक्रममा पूर्व सभापतिहरु डा. सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व अध्यक्षहरु शिव गाँउले र डा. महेन्द्र विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 + twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने