२०८३ बैशाख ४, शुक्रबार
 

त्रिकोणात्मक टी २० सिरिजमा नेपालको सानदार जित

prabhu bank home loan

काठमाडौं,

ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले त्रिकोणात्मक टी २० सिरिजमा सुखद सुरुवात गरेको छ । टी २० अन्तराष्ट्रिय प्रतियोगिताको डेब्यूमै कुशल र आसिफले अर्धशतकसहित पहिलो विकेटका लागि सबभन्दा ठूलो साझेदारीको कीर्तिमान बनाउँदा नेपालले पाहुना टोली नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको सिरिजको पहिलो खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपाललाई नेदरल्याण्ड्सले १ सय ३७ रनको लक्ष्य दिएको थियो । नेदरल्याण्ड्सले सुरुवात राम्रो गर्न सकेन । उसको स्कोर ११ रन हुँदा नेपालले पहिलो विकेट लिएको थियो ।

ओपनर म्याक्स ओडोड सन्दिप लामिछानेको बलमा १० रनमा आउट हुनुभयो । त्यसपछि डच टिमको स्कोर १२ रन हुँदा दोस्रो विकेट झरेको थियो । नेपालका लागि त्यो विकेट सोमपाल कामीले लिनुभएको थियो । तेस्रो विकेटका लागि बाड डी लिड र कप्तान पिटर सेलारले ६१ रनको साझेदारी गरेको थिए ।

तर यो खेलबाट अन्तराष्ट्रिय टी २० क्रिकेटमा डेब्यु गरेका साहब आलमले यो पार्टनरसिपलाई तोड्न सफल हुनुभयो । साहबले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिनुभयो । नेदरल्याण्ड्सको स्कोर ९९ रन हुँदा चौथो विकेट झरेको थियो । सन्दिप लामिछानेले बास डी लिडलाई ४१ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराउनुभयो ।

त्यसपछि कप्तान पिटर सेलारले २२ रन बनाउनुभयो भने एन्टोनिउस स्टालले २० रनको योगदान गर्नुभयो । बलिङमा सन्दिपले दुई विकेट तथा साहब आलम र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो । जवाफमा नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखबीच टी २० क्रिकेटमा एक सय १६ रनको कीर्तिमानी साझेदारी हुँदा नेपालले सहज जित निकालेको हो । दुबैले ओपनरले डेब्यु खेलमै अर्धशतक बनाउन सफल भए ।

यो क्रममा कुशलले ५ चौका र ५ छक्काको मद्धतले ६२ रन बनाउनुभयो भने आशिफले पनि ३६ बलमा चार चौका र चार छक्काको मद्दतले ५४ रनमा अविजित रहनुभयो । कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहनुभयो । अब नेपालले सोमबार मलेसियासँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने