२०८३ बैशाख ४, शुक्रबार
 

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फोटोः गुगल
prabhu bank home loan

सुर्खेत,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्य नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री नियुक्त गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मत माग्नुभएका शाहीलाई एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिनुभएको थियो ।

३९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिए र सरकार जोगियो । एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

यसैबीच, कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी गरिएको छ । आइतबार नै तीनजना मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

अमरबहादुर र कुर्मराज पहिलोपटक मन्त्री बनेका हुन् भने नन्दसिंह पहिले पनि मन्त्री थिए । पहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका बुढालाई अहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्नुभएका विमला केसीलाई भने आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 + eleven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने