२०८३ भदौ २२, सोमवार
 

चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सडक दुर्घटनामा आइतबारमात्रै ७ को मृत्यु

ChankheliKhabar
prabhu bank home loan

चितवन,

चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ को चिउडे खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

एकजना अन्दाजी २५ वर्षीय पुरूषको पहिचान खुल्न बाँकी रहेको उहाँको भनाइ छ । उक्त ट्याक्टर अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो। ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवनमा आइतबार नै म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । भरतपुर महानगरपालिका १९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भर्टको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान आइतबार बिहान ९स्३५ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने