

चौतारा,
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ साबिक कुबिण्डे गाविसको देउरालीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । औद्योगिक ग्राम निर्माणको लागि उद्यग बाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबिच सम्झौता भइसकेको छ ।
निर्माण कार्यसमेत सुरु गर्न लागिएको नगरप्रमुख अमान सिङ तामाङले जानकारी दिनुभयो । औद्योगिक ग्राम निर्माणको लागि ९२ लाख रुपैयाँ बजेट बिनियोजन भइसकेको र यसै आर्थिक वर्षबाट निर्माण कार्य सुरु हुने उहाँको भनाइ छ ।
निर्माणका विषयमा आइतबार नगरप्रमुख अमानसिङ तामाङ, नगर सल्लाहकार चन्द्र सापकोटा, प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र प्रसाद पौडेल, समाजसेवी रघुसिङ तामाङ, इन्जिनियर बद्रीनारायण भुजेल लगायत प्राविधिकहरुद्धारा स्थलगत अनुगमन समेत गरिएको नगरपालिकाले जनाएको छ ।


