२०८३ बैशाख १८, शुक्रबार
 

चैतको दोस्रो हप्तादेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण सुरु हुने

prabhu bank home loan

काठमाडौं,

आमागी चैतको दोस्रो हप्तादेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण सुरु हुने भएको छ । चैत १५ गतेदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीबाट मेलम्चीको पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले बताउनुभयो । सुन्दरीजलमा बनाइएको पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने उहाँको भनाइ छ ।

चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटरका दरले र चैत २७ पछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने आयोजनाले जनाएको छ । नयाँ पाइपलाइनको परीक्षण नसकिउन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको वितरण प्रणालीमा पठाइनेछ ।

वर्षायाम लागेपछि भने एक पटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गर्ने आयोजना प्रमुख खत्रीले बताउनुभयो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार मेलम्चीको पानी वितरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । नयाँ वितरण लाइनको परीक्षण सकेर पूर्णरुपमा केयूकेएलले पानी वितरण गरिरहेको पुरानो लाइन विस्थापन गर्न एक वर्षभन्दा बढी समय लाग्ने निर्देशक कमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ । सुरुङ भरिन ३/४ दिन लाग्ने आयोजना प्रमुख तिरेश प्रसाद खत्रीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने