२०८३ बैशाख १८, शुक्रबार
 

गाउँमा महामारी छ (कविता)

prabhu bank home loan

मानबहादुर खड्का,

मेरो गाउँमा महामारी छ
चुल्हो र आँगनमा महामारी छ
मान्छेको टाउको र पेटमा महामारी छ
साराका सारा मान्छेहरु सोत्तर छन्
चेतनाहिन बेहोस छन् ।

या त बग्रेल्ती लासै लास
निर्जन दुर्गम गाउँमा
ढकमक्क दुःखहरु फुल्छन् ।

सुत्केरी गुलाब र नवजात कोपिलाहरु
मायाले छोईदिन मन छ
झरी जाने पातहरु सम्झेर
एकपल रोईदिन मन छ ।

तर आँखाहरु आदेस मान्दैनन्
ओठहरु हाँस्न मान्दैनन्
यो निर्जन बस्तीमा अब
मान्छेहरु छैनन् ।

प्रेतात्माहरु छन् लासहरु छन्
भोका स्याल छन् गिद्दहरु छन्
मान्छेहरु छैनन् ।

साँझपख आत्माहरु
कोकोहोलो मच्चाउदै सहर डुल्छन्
अब म यो आत्माहरुको राज्यमा
शासन गर्न चाहन्छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने