२०८३ बैशाख १८, शुक्रबार
 

भागरथी हत्या आरोपित सार्वजनिक

prabhu bank home loan

बैतडी,

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का भागरथी भट्टको हत्यामा संलग्न किशोरलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो । भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुवेदीले भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको जानकारी दिनुभयो । घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको सुवेदीको भनाइ छ । उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले जानकारी दिनुभयो । भट्टविरुद्ध भागरथीका दाइले किटानी जाहेरीसमेत दिनु भएको छ ।

घटनाको सफल अनुसन्धान गरेको भन्दै स्थानीयले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाएर सम्मानसमेत गरेका छन् । २१ माघमा सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो, भोलिपल्ट अपराह्न उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

7 − five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने