२०८३ असार ८, सोमवार
 

काठमाण्डौंको तारकेश्वरमा फेरि बर्ड फ्लु भेटियो

prabhu bank home loan

काठमाडौं,

काठमाण्डौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु भेटिएको छ । तारकेश्वरको वडा नम्बर १ का किसानले पालेका हाँसमा बिहीवार बर्डफ्लु पुष्टि भएको हो ।

छापका किसान प्रल्हाद तामाङ र उहाँका छोरा सुमनले पालेको हाँसमा बर्ड फ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी दिनुभयो । केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा पिसिआर परीक्षणका लागि पठाएको थियो ।

परीक्षणपछि बर्ड फ्लु भएको पुष्टि भएको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार चार सय २१ वटा हाँस र ४२ वटा स्थानीय कुखुरा नष्ट गरेको छ । बर्ड फ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रवक्ता डाक्टर चन्द्र ढकालले बताउनुभउो ।

यहि माघ १६ गते तारकेश्वर ७ को साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty + 20 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने