२०८३ असार ८, सोमवार
 

नेकपाको प्रचण्ड नेपाल समूह अन्तर्राष्ट्रिय समर्थन खोज्दै

prabhu bank home loan

काठमाडौं,

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको छ । नेपालस्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग मँगलबार भएको अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायत लोकतन्त्र पक्षधरहरुको समर्थन खोजिएको बताएका छन् ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । र, बुधबार काठमाडौंमा आमसभा गर्दैछ । त्यसको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको दोहोर्याउनु भएको छ ।

छलफलका क्रममा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘संविधानभन्दा बाहिर गएर असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको निर्णयलाई सदर गर्छ भन्ने लागेको छैन ।’ उहाँले भन्नुभयो, ‘जहाँसम्म त्यस्तै भयो भने के हुन्छ ? प्रश्न तपाईंहरुको छ, म अहिले धेरै त भन्दिनँ । तर असंवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिसकेपछि त्यसको मातहतमा हुने चुनाव पनि असंवैधानिक र अलोकतान्त्रिक नै हुन्छ ।’

आफूहरु निर्वाचन विरोधी नभएको भन्दै प्रचण्डले शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा आफूहरुको प्रतिवद्धता रहेको र शान्ति सम्झौतापछि पटकपटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 + 17 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने