२०८३ बैशाख ५, शनिबार
 

सेयर बजारमा नयाँ रेकर्ड कायम, नेप्से परिसूचक २ हजार ५ सय २४ अंकमा

prabhu bank home loan

काठमाडौं,

साताको पहिलो दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । जुन हालसम्मै उच्च हो ।

सेयर कारोबार रकम पनि १० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । यस अघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा रहेको रेकर्ड तोड्दै आइतबार सेयर कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो ।

पछिले समय बजारमा देखिएको लगानीकर्ताको आकर्षणले दिनदिनै जस्तो नयाँ रेकर्ड राख्न थालेको मर्चेन्ट बैंकर एशोसिएसनले जनाएको छ । पछिल्लो समय लगानीकर्ताहरु बजारप्रति सकारात्मक देखिएका छन् ।

बैंकको ब्याजदर सस्तो हुनुका साथै लगानी योग्य रकममा भएको पर्याप्तताका कारण पनि सेयर बजारलाई सकारात्मक असर परेको छ । आइतबार धेरै लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् ।

आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य आइतबार १० प्रतिशतले वृद्धि देखिएको छ । अन्य धेरै कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । आइतबार सबैभन्दा धेरै कमाउनेहरुमा डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स, मेरो माइक्रोफाइनान्स, आरडिएससी लघुवित्त, गणपति माइक्रो पाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

one × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने