२०८३ बैशाख ५, शनिबार
 

‘कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो बढ्यो’

prabhu bank home loan

काठमाडौं,

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनु भएको छ । आफ्नो समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताउनुभयो ।

‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्छ भन्ने नसोचे पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रलाई कसैले मासेर मास्न नसक्ने दावी पनि गर्नुभएको छ । ‘कसैले प्रतिगमन नसोचे हुन्छ, देश अघि बढ्यो बढ्यो ।’ उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + seven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने