२०८३ बैशाख ८, मङ्लबार
 

भारतमा किसान तथा प्रहरीबीच झडप, एक प्रदर्शनकारीको मृत्यु

prabhu bank home loan

एजेन्सी,

भारतमा आन्दोलनरत किसान तथा प्रहरीका बीचमा झडप हुँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सरकारले जारी गरेको ३ वटा कृषि कानून फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका किसानहरुले मँगलबार विभिन्न ठाउँमा ट्र्याक्टर र्याली समेत गरेका थिए ।

दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आईटीओ, अक्षरधाम लगायतका स्थानहरु तनावग्रस्त बनेको हो । सरकारको नीतिविरुद्ध आन्दोलन गरिरहेका हजारौँ किसानहरू प्रहरी अवरोधलाई छिचोल्दै दिल्लीस्थित लालकिल्लामा प्रवेश गरेका छन् ।

भारतको गणतन्त्र दिवसकै अवसरमा आयोजित एउटा विशाल र्‍यालीमा सहभागी भएका किसानहरू ट्र्याक्टर तथा पैदल आएका थिए । धेरै प्रदर्शनकारीहरू पहिला निश्चित गरिएका मार्गहरूबाट नहिँडीकन अघि बढ्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

सरकारले हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन । तर गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीका अधिकारीहरूसँग त्यहाँको स्थितिबारे छलफल गरेको बताइएको छ ।

किसानहरूले भारतको राष्ट्रिय झण्डाबाहेक अरू झण्डा पनि लालकिल्लामा गाडेका थिए । प्रहरीका अनुसार प्रदर्शनकारीहरूलाई लालकिल्ला परिसरबाट हटाइएको छ ।

दिल्ली प्रहरीका अनुसार आन्दोलनरत किसानसँगको झडपमा ८३ जना प्रहरी घाइते भएका छन् । केहिस्थानमा प्रदर्शनकारी हिंस्रक भएको र सार्वजनिक सम्पत्तिसमेत नोक्सान भएको दिल्ली प्रहरीका प्रवक्तालाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

किसानहरुले भने केहि असामाजिक तत्वको घुसपैठका कारण शान्तिपूर्ण आन्दोलन झडपको स्थितिमा पुगेको प्रतिक्रिया दिएका छन् । परिस्थिति असामान्य बनेपछि साँझको परेक कार्यक्रम स्थगित गरेका किसानहरुले आन्दोलन भने जारी रहने बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने