२०८३ भदौ १३, शनिबार
 

पहिलो दिन देशभर ९ हजार ८४ जनाले कोरोना विरुद्धको खोप लगाए

prabhu bank home loan

काठमाडौं,

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान सुरु भएको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९ हजार ८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २ हजार ६ सय ९४ जना र गण्डकी प्रदेशमा १ हजार ८ सय ४३ जनाले खोप लगाएका छन् । त्यस्तै प्रदेश १ मा १ हजार २ सय ५५, सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जना, कर्णाली प्रदेशमा ७ सय ५१, लुम्बिनी प्रदेशमा ७ सय ३३ जना र सबैभन्दा कम प्रदेश २ मा ७ सय २६ जनाले खोप लगाएका छन् ।

खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउन सुरू गरिएको हो ।

अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिहरुको सहभागिता उल्लेख्य रहेको भन्दै मन्त्रालयले स्वतस्फूर्त सहभागिताका लागि धन्यवाद समेत दिएको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद समेत दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने