२०८३ बैशाख ८, मङ्लबार
 

कोरोना विरुद्धको खोप सबै प्रदेशमा पुग्यो, जिल्ला–जिल्लामा पठाइँदै

prabhu bank home loan

काठमाडौं,

भोलीदेखि सुरु हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानका लागि सबै प्रदेशमा खोप पुगेको छ । हिजो (सोमबार) सातवटै प्रदेशको भण्डारण केन्द्रहरूमा खोप पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

चार लाख ३० हजार जनालाई लक्षित गरेर पहिलो चरणमा लगाइने खोप प्रदेशबाट जिल्ला–जिल्लामा पठाउन थालिएको प्रमुख शर्माको भनाइ छ । कोरोनाको खोप लगाएपछि स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिए सरकारले निःशुल्क उपचार गर्ने जनाएको छ ।

खोप लगाउँदा स्वास्थ्य समस्या आए जुन ठाउँमा खोप लगाइएको हो, सोही ठाउँमा उपचार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले खोप लगाएपछि स्वास्थ्यमा समस्या आए उपचार गर्न समस्या नभएको तर पहिलो चरणको खोप अभियान भएकाले धेरै स्वास्थ्यकर्मीलाई परामर्शको आवश्यकता रहेको बताउनुभयो ।

कोभिड खोप लगाएको केही मिनेटदेखि दुई घन्टाभित्रमा शरीर फुस्रो हुने, श्वासप्रश्वासमा समस्या आउने, मुटुको धड्कन कम हुने वा रक्तचाप कम हुने र वान्ता हुनेजस्ता जोखिमपुर्ण लक्षण हुने हुँदा केही समय स्वास्थ्यकर्मीको परामर्शमै रहनुपर्ने बताइएको छ ।

तर, खोप लगाएको वरपर फोका उठ्ने, चिलाउने, गर्मी हुने, ह्याच्छिउँ आउनेजस्ता समस्या देखिए नआत्तिन आग्रह गरिएको छ ।

कुन प्रदेशमा कति जनाले खोप पाउने ?

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ६३ हजार ३ सय ६० जनालाई र सबैभन्दा कम कर्णाली प्रदेशमा ११ हजार ५ सय ३२ जनालाई खोप दिइनेछ।

लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५, प्रदेश १ मा ३५ हजार ४ सय ५६ र प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाइने तयारी छ । त्यस्तै गण्डकी प्रदेशमा १७ हजार ६ सय ३० र सुदूरपश्चिममा १६ हजार २ सय ९३ जनाले खोप लगाउन पाउने भएका छन् । यो संख्या अद्यावधिक भइरहेकाले केही हेरफेर हुन सक्ने पनि मन्त्रालयले जनाएको छ।

जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंमा ३१ हजार ५ सय १९ जना लाभान्वित हुनेछन् भने सबैभन्दा कम मुगुमा ९४ जनाले पहिलो चरणको खोप पाउनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने