२०८३ बैशाख ५, शनिबार
 

अन्तर्राष्ट्रिय भन्सार दिवसकै अवसरमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागु हुने

prabhu bank home loan

काठमाडौं,

६९ औं‌ अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्ष जनवरी २६ तारिखका दिन संसारभर यो दिवस मनाइन्छ । दिवसको अवसरमा भन्सार विभागले आज नेपाल राष्ट्रिय एकद्वार प्रणाली सार्वजनिक गर्दैछ ।

अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली (एनएनएसडब्लू) सुरु गर्न लागिएको विभागले जनाएको छ । व्यापारसँग जोडिएका सबै कार्य तथा प्रक्रिया अनलाइनमा अधारित बनाउने उक्त प्रणाली आजदेखि सुरु भएको हो ।

नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच आइतबार नैं समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

भन्सार विभागले तत्काल आंशिक रूपमा र आगामी असारदेखि पूर्ण रूपमा एकद्वार प्रणाली प्रयोगमा ल्याइने जनाएको छ । पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशुसेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने विभागले जानकारी दिएको छ । विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरू विभाग तथा कार्यालयमा पुगिरहनु पर्नेछैन । पेपरवर्क हुनेछैन ।

विभागका महानिर्देशक सुमन दाहालले तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणबद्ध रूपमा विस्तार गरिँदै लैजाने बताउनुभयो । यसमा सरकारी र निजी क्षेत्र रहने उहाँको भनाइ छ । आयात र निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्न थालिएको दाहालले बताउनुभयो ।

४० निकायको सेवा एकै द्वारबाट
अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ । व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायको सेवा एकद्वार प्रणालीमा जोडिने भन्सार विभागका महानिर्देशक दाहालले जानकारी दिनुभयो ।

यसअन्तर्गत भन्सार, वाणिज्य, उद्योग, आन्तरिक राजस्व, आपूर्ति तथा उपभोक्ता संरक्षण, पशुसेवा, खाद्य प्रविधि तथा गुण नियन्त्रण, नेपाल गुणस्तर तथा नापतौल, औषधि व्यवस्था, यातायात व्यवस्था, कन्सुलर सेवा, वन तथा भू–संरक्षण, व्यापार तथा निकासी प्रवर्दन केन्द्रलगायत सरकारी निकाय तथा बैंक र निजी क्षेत्रका छाता संगठन विद्युतीय एकद्वार प्रणालीमा आउनेछन् । ‘क्वारेन्टिन अनुमति, एलसी खोल्ने, जाँचपास गर्नेलगायत व्यापारसँग सम्बन्धित सम्पूर्ण काम एउटै धरातल (अनलाइन) बाट गर्न सकिनेछ’ उहाँले भन्नुभयो, ‘यसबाट व्यापार सहज र व्यवस्थित हुनुका साथै लागत पनि कम हुनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

16 + fifteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने