२०८३ बैशाख ८, मङ्लबार
 

भारतले दिने १० लाख डोज ‘कोभिसिल्ड’ खोप आज काठमाडौं आइपुग्ने

prabhu bank home loan

काठमाडौं,

भारतले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप दिने घोषणा गरेको छ । यो खोप आज नै काठमाडौं आइपुग्नेछ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर अनुदानमा आउने खोपबारे जानकारी दिएका हुन् ।

भारतले आजदेखि छिमेकी मुलुकलाई कोरोना भ्याक्सिन दिन थालेको छ । आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ । नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाइनेछ भने म्यानमार र सिसेल्सलाई शुक्रबार खोप दिइनेछ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ठट्यौली शैलीमा भन्नुभयो, ‘अस्ति पत्रकार सम्मेलनमा फागुनसम्म खोप आउन सक्छ भनेको थिएँ, माघमै आयो । मानिसहरुले मलाई गाली त नगर्लान् नि ।’ भारतबाट ल्याइने खोप अग्रपंक्तिमा खटिएकाहरू र स्वास्थ्यकर्मीलाई लगाइने छ ।

भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन् । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत वायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो ।

नेपाल सरकारले अक्सफोर्ड अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । भोलि काठमाडौं आइपुग्ने खोप स्वास्थ्य सेवा विभाग, टेकुमा भण्डारण गरिनेछ । त्यसको एक साताभित्रमा वितरण गर्ने तयारी छ ।

स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । प्रदेशबाट जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरुमा खोप वितरण गरिनेछ । हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् भने खोप लगाइदिने दक्ष जनशक्ति ८ हजार छन् । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनका तयारीका लागि मङ्गलबारदेखि प्रशिक्षण कार्यक्रम पनि सुरु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

12 − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने