२०८३ असार ८, सोमवार
 

कमलपोखरी संरक्षणका लागि गगन थापाको यस्तो सुझाव

prabhu bank home loan

काठमाडौं,

कमलपोखरी पुननिर्माणको क्रममा भइरहेको कमजोरीका सम्बन्धमा हिजो कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस क्लब र स्थानीय बासिन्दाले पोखरी निरीक्षण र निर्माण व्यवसायीसँग छलफल गरेपछि हाम्रो निष्कर्षः

१) कमलपोखरी निर्माण गर्दा ऐतिहासिक र पर्यावरणीय पक्षलाई ध्यान दिन पुरातत्त्व विभाग, स्थानीय सरोकारवाला र संरक्षण अभियन्ताले महानगरपालिकालाई ध्यानाकर्षण गराइसकेको सन्दर्भमा महानगरपालिकाले अविलम्ब सबै पक्षसँग एक साथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको कामलाई अघि बढाउन विषयमा समझदारी कायम गराउन पहल गर्ने ।

२) यो सुनिश्चित नहुदासम्म हाल भइरहेको निर्माणको काम तत्काल स्थगन गर्नुपर्ने । यस विषयमा हिजै हामीले निर्माण व्यवसायीलाई जानकारी गराइसकेका छौं ।

३) आशा छ काठमाडौं महानगरपालिकाले यो विषयलाई प्रतिष्ठाको विषय नबनाई, सरोकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्त्व विभागको चासोलाई संबोधन गरेर मात्र अघि बढ्नेछ ।

फोटो गगन थापाको फेसबुक पेजबाट ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने