

चितवन,
धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पछिल्लो समय यस्तो देखिएको छ । निर्माणका क्रममा खिचिएका केही तस्वीरहरु हामी यहाँ सार्वजनिक गर्दैछौं । रङ्गशालाको नमुना क्रिकेट खेलमैदानमा विभिन्न किसिमका प्रतियोगिता पनि भैरहेका छन् ।
अल्का हस्पिटलको तर्फबाट २५ लाख रुपैयाँ सहयोगः
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि अल्का हस्पिटल प्रा.लि. को तर्फबाट संस्थापक आदरणीय सामाजिक ब्यक्तित्व तथा सफल व्यावसायि कुमार थापा ज्यु ले रंगशाला निर्माण अभियानको लागी घोषित रकम २५ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गर्नुभएको छ । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा कुमार थापा ज्यु साथै उहाँको सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।
राष्ट्र निर्माण, तपाई हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको अभियानमा जोडिन चाहानुहुन्छ भने ०५६५९१९२८, ०१४४८२९७१, ९८५११७३०३४ वा info@dhurmussuntali.org मा सम्पर्क गर्न सक्नुहुने फाउण्डेशनले जनाएको छ ।
तस्वीर सौजन्यः धुर्मुस सुन्तली फाउण्डेशन ।






