२०८३ असार ६, शनिबार
 

अन्तरक्रिया कार्यक्रम गरेर दोस्रो जलवायु दिवस मनाइयो

हिसाब किताब भने सार्वजनिक नगरेको गुनासो

prabhu bank home loan

सिन्धुपाल्चोक,

मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाँडामा बुधबार अन्तरक्रिया कार्यक्रम गरेर दोस्रो राष्ट्रिय जलवायु दिवस मनाईएको छ ।
जिल्ला समन्वय समितिको आयोजनााम भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति माहासंघका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा बागमती प्रदेश सभाका प्रदेश सांसद इन्द्रमाया गुरुङ, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसीं तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, इन्द्रावती गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङ, प्रमुख जिल्ला अधिकारी उमेशकमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

गत वर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम कोभिड १९ का कारण यस वर्ष सीमित मानिसको मात्रै उपस्थिति रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा सबै बक्ताहरुको आफ्नो जिवन शैलिमा परिवर्तन गर्न सके मात्रै कार्यक्रमको औचित्य रहने प्रष्ट्याएका थिए ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जि.स.स. सदस्य सकुन्तला माझिले गर्नुभएको थियो । ०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको राष्ट्रिय जलवायु सम्मेलन भएको थियो ।

हिसाब किताब भने सार्वजनिक नगरेको गुनासो
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तीन वर्ष अघिदेखि आयोजना गरेको जलवायु सम्मेलनमा भएको हिसाब किताब भने सार्वजनिक नगरेको पाईएको छ । २०७५ सालदेखि गुफाडाडाँमा हुदै आएकोे जलवायु सम्मेलन र दिवसको खर्च जिल्ला समन्वय समितिले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।

पहिलो जलवायु सम्मेलन २०७५ सालमा आयोजना गर्दा करोड रुपैंयाँभन्दा माथि खर्च लाग्ने र सहयोग जुटिरहेको आयोजकले बताएको थियो । त्यस पश्चात कहाँ कति खर्च लाग्यो भनि अहिलेसम्म सार्वजनिक भएको छैन । वर्षै साल कार्यक्रम गर्ने तर हिसाबकिताब लुकाउँदै जाने प्रवृत्ति देखिएको भन्दै नागरिकले गुनासो गरेका छन् ।

यो वर्षको सम्मेलन गर्न भन्दै समन्वय समितिबाट ८ लाख रुपैंयाँ बजेट छुटाईएको थियो भने विभिन्न संस्था समेत जोडिएका छन् । दोस्रो जलवायु दिवस तथा अन्तरक्रिया कार्यक्रम गर्दा केक काटेर गुफाडाँडामा सहभागीलाई खुवाउने र सामान्य औपचारिक कार्यक्रम गर्ने काम मात्र गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने