

इलाम,
इलामको चुलाचुली गाउँपालिकाको शिखरकटेरी गाउँमा रहेको बाझो माध्यमिक विद्यालयका ६० जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । रोट्याक्ट क्लब अफ दमकको आयोजना र रोटरी क्लब अफ दमक, रास्ट्रका लागि युवा अभियान, मौन्दिप मोबाइल सेन्टर दमक, एम आर आर लगायतका सामाजिक संस्थाहरुको सहकार्यमा शुक्रबार जाडोका लुगाहरु वितरण गरिएको कार्यक्रम संयोजक सपना लिम्बुले जानकारी दिनु भयो ।
सबै विद्यार्थीलाई एक एक थान सुइटर, टाउजर, पन्जा र उनीको टोपी वितरण गरिएको उहाँको भनाई छ । जाडोमा न्यानो कपडा वितरण भएपछि विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले खुसी व्यक्त गरेका छन् ।
पछिल्लो समय नेपालमा अत्याधिक मात्रामा चिसो बढेसँगै विभिन्न सामाजिक संस्थाहरु विद्यालय तथा समुदाय स्तरमा न्यानो कपडा वितरण कार्यक्रममा सक्रिय हुन थालेका छन्। जाडो बढेसँगै तरार्यमा शितलहरको जोखिम पनि बढीरहेको छ ।
तस्वीरहरुः दधीराम ढकाल ।




