२०८३ असार ६, शनिबार
 

यमनको सरकार लक्षित विष्फोटमा २६ को मृत्यु, ६० बढी घाइते

prabhu bank home loan

एजेन्सी,

यमनको दक्षिणी शहर अदन स्थित विमानस्थलमा बुधबार भएको नयाँ मन्त्रिमण्डल लक्षित विष्फोटमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । विष्फोटमा ६० भन्दा बढी मानिस घाइते भएको द गार्जिएनले उल्लेख गरेको छ ।

सुरक्षा अधिकारीहरूका अनुसार नयाँ सरकारका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान अवतरण भएलगत्तै त्यहाँ विष्फोट भएको थियो। विष्फोटमा मारिएकाहरूमा अधिकांश सहायक कर्मचारी र अधिकारी रहेका छन्।

यमनका प्रधानमन्त्रीले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्यहरू सकुशल रहेको जानकारी दिनुभएको छ । सूचना मन्त्रीले हमला हूती विद्रोहीले गरेको आरोप लगाएका छन्। हमला कायरतापूर्ण भएको उहाँको भनाइ छ।

‘हामी हाम्रा मानिसहरूलाई सबै मन्त्री परिषद सुरक्षित छ र विमानस्थलमा इरान समर्थित हूती विद्रोहीहरूले गरेको कायरतापूर्ण हमलाले हामीलाई हाम्रो जिम्मेवारीबाट भट्काउने छैन र हाम्रो जीवन अन्य यमनीको भन्दा मूल्यवान छैन। अल्लाहले मारिएका मानिसलाई शान्ति दिऊन र म घाइतेहरू छिटो ठीक हुन् भन्ने प्रार्थना गर्छुु,’ मन्त्री इरियानीले ट्विट गर्नुभएको छ ।

यमन सन् २०१५ देखि निरन्तर गृहयुद्धमा छ। युद्धका कारण यमनमा हालसम्म १ लाख १० हजार बढी मानिसको मृत्यु भएको छ। बुधबार भएको घटनाको एक भिडिओ सार्वजनिक भएको छ।

सार्वजनिक भिडिओमा सो घातक विष्फोटलाई स्पष्ट देख्न सकिन्छ। घटना हुनु केही समय अगाडिमात्र नयाँ मन्त्रीमण्डलका सदस्य त्यहाँ उत्रिएका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने