२०८३ बैशाख ८, मङ्लबार
 

जाडोमा के गर्ने ? के नगर्ने ?

prabhu bank home loan

मुटु रोगी, उच्च रक्तचापका रोगी, दमका रोगी आदिलाई जाडोले थप समस्यामा पार्न सक्छ । जाडोमा हाम्रो शरीरका मांसपेशीहरु खुम्चन्छन् । यसले रगतका नसाहरु साँघुरिन पुग्छ । नतिजा, उच्च रक्तचाप थप बढ्छ ।

त्यस्तै दमका रोगीलाई पनि जाडो यामले बढी सताउँछ । थाइराइडका समस्याले ग्रस्तहरुका लागि पनि यतिबेला थप कष्टकर बन्न पुग्छ । जाडो मौसममा सबैभन्दा बढी त रोगी, बुढापाका, बालबालिका, सुत्केरीलाई गाह्रो हुन्छ । बुढापाकाहरु चिसोले कक्रिन्छन् । जोर्नी दुख्ने समस्या थप बढ्छ । बालबालिकालाई रुघा लाग्ने, निमोनिया हुने संभावना बढ्छ ।

त्यसबाहेक हाटखुट्टा, ओठ फुट्ने, छाला खस्रो हुने, कपलामा चाया पर्ने जस्ता समस्या चिसो हावासँगै आउने गर्छ । वायुमण्डलमा चल्ने हावा यसबेला चिसो मात्र होइन, सुख्खा पनि हुन्छ । त्यही कारण छाला, कपाल रुखो हुन्छ ।

के नगर्ने जाडोमा ?

१) मौसमी तापमान घट्दै गएपछि हामीले आफ्नो शरीरको तापमानलाई भने सन्तुलित राख्नुपर्छ । यसका लागि न्यानो कपडा नै उपयुक्त हुन्छ । तर, शरीरलाई न्यानो कपडाले ढाक्दैमा शरीर तातो हुन्छ भन्ने होइन ।

२) जाडो भगाउने वाहनामा धेरैले मदिरापान गर्छन् । चुरोट सेवन गर्छन् । मदिरापान गर्दा, चुरोट पिउँदा न्यानो हुन्छ भन्ने कतिलाई भ्रम छ । कतिले चिया, कफी खाएर पनि जाडो भगाउने मेलोमेसो गर्छन् । तर, यसले शरीर न्यानो हुने होइन । बरु थप रोग निम्त्याउँछ ।

३) जाडोमा हामी हिटर ताप्छौं । कोइला बालेर ताप्छौं । अँगेनामा आगो ताप्छौं । बेलाबखत यसरी शरीरलाई तताउन ठिक हुन्छ । तर, जाडो कटाउनका लागि यसको प्रयोगलाई जोड दिनु राम्रो हुँदैन ।

के गर्ने ?

१) प्राकृतिक न्यानोपनका लागि शारीरिक सक्रियता महत्वपूर्ण हुन्छ । यसका लागि हिँडडुल गरिरहने, व्यायाम गर्ने वा शारीरिक श्रममा जोड दिने गर्नुपर्छ । शारीरिक श्रम गर्दा सबै अंग प्रत्यांग सक्रिय हुन्छ । रक्तप्रवाह सुचारु हुन्छ । शरीर स्वतः न्यानो हुन्छ ।

२) तात्तातो खानेकुरा खासगरी झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । मौसमी फलफूल खानुपर्छ । यसबेला मौसम सुख्खा हुने भएकाले शरीरमा पानीको अभाव हुन्छ, त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।

३) हिटर होस् वा कोइला बालेर ताप्दा, धेरै लामो समय बस्नु हुँदैन । साथै धेरै नजिक पनि बस्नु उपयुक्त हुँदैन । राती सुत्नेबेला कतिले कोइला बालेर कोठा न्यानो बनाउने प्रयास गर्छन् । यो पनि राम्रो तरिका होइन । अझ झ्यालढोका थुनेर कोइला बाल्दा नराम्रो नतिजा पनि झेल्नुपर्ने हुनसक्छ । त्यसैले यस्ता कुरामा सर्तक हुनुपर्छ ।

साभारः अनलाइनखबर 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने