२०८३ बैशाख ४, शुक्रबार
 

रासायनिक मल अभावका बीच धान उत्पादन अहिलेसम्मकै उच्च

prabhu bank home loan

काठमाडौं,

धान रोपेपछि किसानले रासायनिक मलको चरम अभाव झेले पनि देशभर चैते र वर्षे धानको उत्पादन भने उल्लेख्य रुपमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ लाई आधार मान्दा यस वर्ष ३ लाख ९१ हजार मेट्रिक टन अर्थात ७.४८ प्रतिशत बढी धान उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

यो वर्ष धानको उत्पादकत्व पनि हालसम्मकै उच्च ३.८२ पुगेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । ‘चालु आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल धान उत्पादन गत वर्षको तुलनामा ७० हजार ८ सय ३१ मेट्रिक टनले बृद्धि भई ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन पुगेको छ । यसैगरी उत्पादकत्व ३.८२ पुगेको छ जुन गतसालभन्दा ०.२८ प्रतिशत बढी र हालसम्मकै उच्च उच्पादकत्व हो ।’ घिमिरेले भन्नुभयो, ‘यो वर्ष धान उत्पादन हुने क्षेत्रफल पनि १४ हजार ५ सय ५९ हेक्टरले बढेर १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको छ ।’

‘बढी क्षेत्रफलमा रोपाइँ हुनुको साथै धानबालीमा तथ्याङ्कीय हिसाबमा उन्नत बीउले ९५ प्रतिशतभन्दा बढी क्षेत्रफल ढाकेको, धानबालीको सिजनमा गतसाल भन्दा न्यून युरिया आपुर्ति हुँदा पनि राष्ट्रको धानबालीको कुल उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका जिल्लाहरुमा सीमाना पारीबाट अनौपचारिक रुपमा रासायनिक मल किसानले ल्याई असहजतालाई पुर्ति गरेको पाइएको छ ।’ मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

धानको भकारी मानिने प्रदेश २ मा यो वर्ष सबैभन्दा धेरै १४ लाख ३२ हजार मेट्रिकटन धान फलेको छ । दोस्रो धेरै धान उत्पादन प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार मेट्रिक टन छ । यो वर्ष सबैभन्दा थोरै धान कर्णाली प्रदेशमा १ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

मल अभाव भए पनि कोरोनाका कारण शहरबाट फर्किनेहरु खेतीमा लाग्दा खेतीयोग्य क्षेत्रफल बढेको तथा समयमै मनसुन सुरु हुँदा धानको उत्पादनमा वृद्धि भएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. घिमिरे बताउनुभयो । मनसुन समयमा नैं सुरु भएर यसपालि पर्याप्त पानी परेका कारण पनि धान उत्पादन बढेको मन्त्रालयले जानकारी दिएको छ ।

हेर्नुहोस् धान उत्पादन सम्बन्धी तथ्याङ्कः


श्रोतः कृषि तथा पशुपन्छी मन्त्रालय ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 − four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने