

झापा,
दमक ४ धनेश्वर चोकको भुमिहिन तथा विपन्न ४० परिवारका २ सय जनालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न परोपकारी भातृत्व विकास र समाजसेवा गर्दै आईरहेको रोट्याक्ट क्लब अफ दमक र विभिन्न पुराना कपडाहरुको प्रशोधन गरि विक्रीवितरण गर्दै आइरहेको तजचषत ष्तवजबउब थृप्ट इट झापाद्वारा शुक्रबार दमक ४ धनेश्वर चोकको भुमिहिन तथा विपन्न ४० परिवारका २ सय जनालाई जाडोका न्यानो कपडा वितरण गरेको हो ।
कार्यक्रममा दमकमा रहेर विविध सामाजिक काम सँगै गरि उद्यमशीलताको काम गर्दै आएका दुई क्लब मिलेर कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक सपना लिम्बू र सबिता लिम्बुले जानकारी दिनु भएको छ । साथै उक्त कार्यक्रममा साथ दिएको बिष्णु आचार्यको टिम हाम्रो अभियान झापाले दमकको एक आश्रमलाई आवस्यक १० थान म्याट उपलब्ध गराएको थियो।
यसैगरी रोट्याक्ट क्लब दमककी उपाध्यक्ष बिष्णु भण्डारीले १ सय ५० थान नयाँ कपडा उपलब्ध गराउनु भएको थियो। रोटरी क्लब अफ दमकका निर्वतमान अध्यक्ष सन्दिप चापागाईं, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, रोटरी क्लब अफ दमक अध्यक्ष शान्ता ढकाल र डा. मुक्तिनाथ भट्टराई आदिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।




