२०८३ बैशाख ४, शुक्रबार
 

मेलम्ची प्रभावितले पाउने लेभी सम्बन्धी नियमावली अन्तिम चरणमा

prabhu bank home loan

सिन्धुपाल्चोक,

मेलम्ची खानेपानी आयोजना सम्पन्न भएर पानी पथान्तरण पश्चात प्रभावित क्षेत्रले पाउने लेभी सम्बन्धी नियमावली अन्तिम चरणमा पुगेको छ । खानीपानी मन्त्रालयले प्रारम्भिक खाका तयार गरेर एक पटक सरोकारवालासँग छलफल गरेको र फेरी सारेकारवालासँग छलफल गरेपछि अन्तिम रुप दिने पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

‘मेलम्ची खानेपानी आयोजना सम्पन्न भएर पानी पथान्तरण पश्चात प्रभावित क्षेत्रले पाउने लेभी सम्बन्धी नियमावली निर्माण गर्ने काम खानेपानी मन्त्रालयले अन्तिम चरण पू¥याएको छ । खानेपानी मन्त्रालयले प्रारम्भिक ड्राफ्ट तयार गरी सरोकारवालाहरुसँग छलफल गरी प्रभावित क्षेत्रको सुझावको आधारमा नियमावली निर्माणलाई प्राथमिकताका साथ छलफल गरेको छ ।’ तामाङले फेसबुकमा लेख्नु भएको छ, ‘प्रभावित क्षेत्रको सरोकारावालाहरुसँग पुनः छलफल गरेर नियमावलीलाई अन्तिम रुप दिईने छ । मन्त्रालयले नियमावलीको अन्तिम रुप दिएपछि कानून मन्त्रालय, अर्थ मन्त्रालय र वित्त आयोगको सहमतिको लागी पठाईने छ ।’

कानून मन्त्रालय, अर्थ मन्त्रालय र वित्त आयोगबाट स्वीकृती आएपछी मन्त्रिपरिषदले पास गरेपछी प्रभावित क्षेत्रले पाउने लेभी सम्बन्धी नियमावली लागु हुने पूर्वमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । ‘सिन्धुपाल्चोक जिल्लाको लागी यो विषय दीर्घकालीन महत्व राख्ने बिषय हो । मन्त्रालयले नैं लेभी दिने सम्बन्धी नियमावली निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले मेलम्ची प्रभावित स्थानीय सरोकारवाला खुशी छौं ।’ तामाङले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने