२०८३ असार ७, आइतवार
 

आज बैशाख १० गते शनिवारको दैनिक राशिफल

prabhu bank home loan

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। जिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

मीथुन : (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्त र साथीबाट सहयोग मिल्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ।

स्वास्थ्य बिग्रन सक्छ ।

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या : (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। सामाजिक सम्मान प्राप्त हुनेछ ।

तुला : (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।कामको जिम्मेवारी पाइनेछ।

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु : (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

मकर : (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

मिन : (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने