२०८३ असार ७, आइतवार
 

भरतपुर महानगरपालिकाकी मेयर दाहालले दिइन् राजीनामा

prabhu bank home loan

चितवन  : भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । मेयर दाहालले शुक्रबार (आज) उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । उपमेयर ठकुरीले उनको राजीनामा स्वीकृत गरेकी छन् ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्नका लागि दाहालले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्नका लागि पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेपछि मेयर दाहालले राजीनामा दिएकी हुन् । सत्तारुढ गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 + five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने