

मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन सकारात्मक होला।स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । समाजबाट सहयोग पाइनेछ।
बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
नयाँ कार्यको योजना बन्नेछ।आफन्तले सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । अन्न तथा धनको लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्राको योग छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम गर्ने अवसर मिल्नेछ ।साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक कार्यमा सफलता मिल्नेछ।परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । किर्तिमान काम गर्ने समय रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यमा बाधा हुने समय रहेको छ। पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैँया पैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । शुभचिन्तकहरुले समर६ गर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य बादबिवाद पनि होला । झैझगडा उत्पन्न हुन सक्ने भएकोले सचेत रहनुपर्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको योजना बन्नेछ। पारिवारिक भेटघाट सुमधुर रहनेछ।कामहरु अधुरै रहनाले मनमा खिन्न होला । मनमा डर पैदा होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । केही नयाँ काम थाल्ने समय छ ।
मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने छ । साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

