२०८३ बैशाख १७, बिहिबार
 

भित्रि वडामा बालेनलाई तेस्रो पार्दै दोब्बर मतले अग्रता बढाए स्थापितले

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्।

शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन्।

शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन्।

वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवार साहलाई पछाडि पारेकी छन्।

काठमाडौंमा ७६ हजार १७१ मत गणना भएको छ। अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने