२०८३ जेष्ठ २२, शुक्रबार
 

सत्यम शिवमलाई उच्च अदालतमा मुद्दा ।

राजश्व छली तथा चुहावटको सूचना दीनेलाई राजश्वल अनुसन्धानले नगदै पुरस्कार दीन्छ ।

prabhu bank home loan

काठमाण्डौं ।

चंखेली खबर संवाददाता ।

सत्यम शिवम कन्सट्रक्सन प्रा.ली. विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । स्था.ल.नं. ६०५९३७५९२ भएको सत्यम शिवमले सेवा तथा वस्तु खरीद नै नगरी नक्कली तथा झूठा कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको छ ।

सत्यम शिवमका संचालकद्वय रामकुमार प्याकुरेल र संगीता कुमारी झाले झूठा विल खरीदगरी मूल्य अभिवृद्धि कर तर्फ रु. १६७७३३४\– र आयकर तर्फा रु. २९४२९८२ \– गरी कुल जम्मा रु. ५०७६१९३\– राजश्व चुहावट गरेको अनुसन्धान विभागले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।

राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) बमोजिम निजबाट विगो रु. ५०७६१९३\– असुल गरी सोही ऐनको दफा २३(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु. ५०७६१९३\– जरिवाना तथा दफा २३(१)(ग) बमोजिम हदैसम्मको ३ वर्ष कैद सजायको मागदावी गरी उच्च अदालत पाटनमा राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

राजश्व असुलीमा सहयोग पुगोस् भन्ने उद्देश्यले राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २९ मा राजश्व चुहावट तथा छली गरेको करको सूचना दीने सर्वसाधारणलाई विगोको २० प्रतिशत वा २५ लाख बराबरको रकम सूचना दीने सर्वसाधारणलाई पुरस्कार दीने व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने