२०८३ असार ३१, बुधबार
 

चंखेली ‘छड्के’ “कार्यालयबाट कार्यालय ।”

डेपुटी गभर्नर फेरी पनि समयमा नै कार्यालय आईनन् ।

prabhu bank home loan

                                  

 

उखान नै छ नि ! सरकारी काम कहिले जाला घाम । नेपाली समाजमा धेरै पहिला देखि नै चली आएको योे उखान साँच्चिकै तरीतार्थ भएको छ वा गलत उखानको हामी शिकार भएका छौ, यो विषयमा अध्ययन गर्ने उद्देश्यका साथ कार्यालयबाट कार्यालयको छड्के गरी राष्ट्र सेवक कर्मचारीहरु समयमा नै कार्यालयमा आउछन् आउदैनन् ? र कार्यालय समयसम्म कार्यालयमा नै बस्छन् बस्दैनन् ? सो को छड्के गरी भएका घटनाहरुलाई जस्ताको त्यस्तै पाठक समक्ष प्रस्तुत गरीने उद्देश्यले चंखेली ‘छड्के’, कार्यालयबाट कार्यालय नामाकरण गरी राष्ट्र सेवकलाई जिम्मेवार र जवाफदेहि बनाउन हाम्रो यो प्रयास रहेको छ ।

वित्तिय संस्थाहरुको अख्तियार मानिएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गना\तिम्सीना कार्तिक १६ गते कार्यालय समयमा नै कार्यालय आएकी थिइनन् आज पनि समयमा नै कार्यालय आएकी छैनन् ।

कार्तिक २२ गते हामीले १० बजेर ५३ मिनेट जाँदा उनले सिधै उठाउने नं. ०१४४२११९८ मा फोन गरेका थियौं । लगातार ३ पटक दर्गा पनि फोन उठेन । हामीले राष्ट्र बैंकको फोन नं. ०१४४११२५० मा फोन गरी एक्टेन्सन ११२ मा पनि फोन गर्दा फोन उठेन । एक्टेन्सन २६७ मा भने उठ्यो ।
डेपुटी गभर्नरसँग कुरा गराउन अनुरोध ग¥यौं । डेपुटी गभर्नर कार्यालयमा नभएको जानकारी पायौं । काहाँबाट को बोल्नु भएको ? भन्ने प्रश्नमा, हामीले चंखेली खबरबाट, राष्ट्र सेवक कर्मचारी कार्यालयमा समयमा नै आउछन् आउदैनन् भनि छड्के गर्न फोन गरेको जानकारी गरायौं । छड्के गर्ने को हो तपाइँ ? छड्के गर्ने अधिकार छ तपाइँलाई ? भन्ने प्रश्न पुनः उताबाट आयो । हामी राज्यको चौथो अंग हौं, हामीलाई छड्के गर्ने अधिकार छ भन्यौं । छड्के गर्ने भए कार्यालयमा नै आएर गर्नु नि, हामी सबै कर्मचारी समयमा नै आएका छौ भन्दै च्याठीएर फोन उठाउने महिला कर्मचारीले जवाफ दिदै फोन राखिन् ।
हामीले १० बजेर ४२ मिनेट जाँदा बैंक सुपरवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई फोन नं. ०१४२२२३४० मा लगातार फोन गर्दा फोन उठेन । फेरी एक्टेन्सन ४९२ मा पनि फोन ग¥यौ फेरी पनि फोन उठेन । हामीले ११ बजेर ४७ मिनेट जाँदा सम्म उल्लेखीत नं. र एक्टेन्सनमा फोन गर्दा फोन उठेन । एक्टेन्सनमा विशेष गरी कार्यकारी निर्देशको सहयोगीले फोन उठाउनु पर्ने हो तर सहयोगी पनि समयमा नै कार्यालय आएको देखिएन ।

त्यस्तै हामीले नेपाल राष्ट्र बैंक सह प्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद पोखरेललाई फोन नं. ०१४४१११९८ मा १० बजेर ३८ मिनेट देखि १० बजेर ४९ मिनेट जाँदा सम्म फोन गर्दा फोन उठेन । त्यस्तै एक्टेन्सन १४१ मा पनि फोन उठेन ।

सरकारको पूर्ण नियन्त्रमा रहेको बैकका उच्च तहका कर्मचारी कहिले जिम्मेवार र जवाफदेहि हुने ? सरकारी काम कहिले जाला घाम, नेपाल राष्ट्र बैंकमा तरीतार्थ भएको पाइयो ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

12 + 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने