

काठमाण्डौं,
चंखेली खबर संवाददाता ।
सिद्धार्थ बैंकमा खाता भएका बचत कर्ताहरुको बचत जोखीममा देखिएको छ । बैंकमा भएको बचतलाई बैकका कार्यकारी प्रमुख र संचालकहरुको मिलेमतोमा बैकिङ्ग सिस्टमभन्दा बाहिर गई बचत अपचलन गरेको देखिन्छ ।
हामीलाई प्राप्त प्रमाण अनुसार सिद्धार्थ बैकले आर्थिक वर्ष २०७४\२०७५ र २०७५\२०७६ मा तोकीएका क्षेत्र अन्तरगत मल, विउ–विजन, पशुपंक्षी दाना र शहरी यातातात शिर्षकमा एक रुपैयाँ पनि कर्जा प्रवाह गरेको छैन भनि बैंकले नै सूचना दिएको छ । तर उल्लेखीत आर्थिक वर्षको उल्लेखीत शिर्षकमा प्रत्येक महिनामा कर्जाको बाँकी किस्ता भुक्तानी गरेको छ भने सोही अवधिमा किस्ता वापत रकम असुल गरेको प्रमाण हामीलाई प्राप्त भएको छ ।
कर्जा प्रवाह नगरेको शिर्षकमा बैंकले कसरी बाँकी रकम भुक्तानी र असुल ग¥यो ? कर्जा दिएपछि मात्र कर्जाको बाँकी किस्ता भुक्तानी गरीन्छ र कर्जा किस्ता वापत असुल गरीन्छ ।
कर्जा नै नदिएको शिर्षकमा भुक्तानी र असुल किन र कसरी गरीयो होला ? भनि हामीले कुनै एउटा बैंकका कार्यकारी प्रमुखसँग जिज्ञाषा राखेका थियौं ।आफ्नो कहि कतै पनि उल्लेख नगर्ने शर्तमा मात्र हामीसँग खुलेर कुरा गर्न तयार भए ।
उनले भने, “यसरी कर्जा प्रवाह भएको नदेखिने तर भुक्तानी र असुल भएको देखीएकोले सो बैंकको माथिल्लो तहले मात्र यस्तो कार्य गरी अडीट रिर्पोट मिलाउन सक्छ । कर्जा गएको देखिएमा कर्जा उपभोग गर्ने व्यक्तिको नाम अनिवार्य चाहिन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैक संचालक र कार्यकारी प्रमुखले आफू कार्यरत वित्तिय संस्थाबाट कर्जा लिन पाउदैनन् । कर्जा नपाउने भएकोले बैंकिङ्ग सिष्टम भन्दा बाहिर गई आफूलाई चाहिएको रकम भुक्तानी भएको देखियो र नचाहिएको बेला पैसा फिर्ता गरेकोले (Recovery) वा असुल भएको देखियो । यहि तरीकोले प्रत्येक महिनामा यो सिलसिला चल्यो होला ।”
सिद्धार्थ बैंकमा यो चलखेल हुँदा बैकका कार्यकारी अधिकृत शम्भुनाथ गौतम थिए । हामीले यस बारेमा प्रश्न सोधेका थियौं, उल्लेखीत शिर्षकमा कर्जा प्रवाह नभएको स्विकारे, भुक्तानी भएको पनि स्विकारे अनि असुल भएको पनि स्विकारे । यो कसरी भयो त भन्ने प्रश्नमा उनी जंगीए । “हो कर्जा प्रवाह भएको छैन, असुल पनि भएको छ र भुक्तानी पनि भएको छ, यो सब कसरी भयो मलाई थाहा छैन । तपाँइलाई जे मन लाग्यो त्यही लेख्नुख भन्दै फोन राखे ।
उनी बैंकबाट विदाई हुदै गरेको समयमा हामीले उनीसँग कुरा गरेका थियौं । संचालक समितीले उनको कार्यकाल पुनः नथपेकोले पनि उनले च्याठिदै कुरा गरेको हुन सक्छ ।
सो विषयमा कुरा गर्न हालका निमीत्त कार्यकारी प्रमुख सुन्दर प्रसाद कडेललाई निरन्तर सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
बैंकका संचालकले आफू खुसी जनताको बचत चलाउदा भोली ती संचालकहरुको पैसा डुबेमा बैंक पनि स्वत डुब्छ । संचालकलाई कारवाहि त होला तर डुबेको बचतको जिम्मेवारी कसले लीने ? नेपाल राष्ट्र बैंक वा सरकारले जिम्मेवारी लिई जनताको बचतको परपाई गरी दीन्छ त ? बैंक तथा वित्तिय संस्था डुब्दा त्यसको जिम्मेवारी नेपाल राष्ट्र बैंकले लिई जनताको भरपाई गर्छ त ? भनि हामीले राष्ट्र बैंकका प्रवक्ता सम्पर्कमा नआएपछि सह–प्रवक्ता नारायण पोखरेललाई सोधेका थियौं, “त्यस्तो जिम्मेवारी नेपाल राष्ट्र बैंकले लिदैन, उनले भने ।”


