२०८३ असार ३०, मङ्लबार
 

सिद्धार्थ बैंकमा खाता छ ? बचत डुब्ला है !

उत्पादनशिल\तोकीएको क्षेत्र कर्जा प्रवाह प्रकरण ।

prabhu bank home loan

 

काठमाण्डौं,

चंखेली खबर संवाददाता ।

 

सिद्धार्थ बैंकमा खाता भएका बचत कर्ताहरुको बचत जोखीममा देखिएको छ । बैंकमा भएको बचतलाई बैकका कार्यकारी प्रमुख र संचालकहरुको मिलेमतोमा बैकिङ्ग सिस्टमभन्दा बाहिर गई बचत अपचलन गरेको देखिन्छ ।

हामीलाई प्राप्त प्रमाण अनुसार सिद्धार्थ बैकले आर्थिक वर्ष २०७४\२०७५ र २०७५\२०७६ मा तोकीएका क्षेत्र अन्तरगत मल, विउ–विजन, पशुपंक्षी दाना र शहरी यातातात शिर्षकमा एक रुपैयाँ पनि कर्जा प्रवाह गरेको छैन भनि बैंकले नै सूचना दिएको छ । तर उल्लेखीत आर्थिक वर्षको उल्लेखीत शिर्षकमा प्रत्येक महिनामा कर्जाको बाँकी किस्ता भुक्तानी गरेको छ भने सोही अवधिमा किस्ता वापत रकम असुल गरेको प्रमाण हामीलाई प्राप्त भएको छ ।

कर्जा प्रवाह नगरेको शिर्षकमा बैंकले कसरी बाँकी रकम भुक्तानी र असुल ग¥यो ? कर्जा दिएपछि मात्र कर्जाको बाँकी किस्ता भुक्तानी गरीन्छ र कर्जा किस्ता वापत असुल गरीन्छ ।

कर्जा नै नदिएको शिर्षकमा भुक्तानी र असुल किन र कसरी गरीयो होला ? भनि हामीले कुनै एउटा बैंकका कार्यकारी प्रमुखसँग जिज्ञाषा राखेका थियौं ।आफ्नो कहि कतै पनि उल्लेख नगर्ने शर्तमा मात्र हामीसँग खुलेर कुरा गर्न तयार भए ।

उनले भने, “यसरी कर्जा प्रवाह भएको नदेखिने तर भुक्तानी र असुल भएको देखीएकोले सो बैंकको माथिल्लो तहले मात्र यस्तो कार्य गरी अडीट रिर्पोट मिलाउन सक्छ । कर्जा गएको देखिएमा कर्जा उपभोग गर्ने व्यक्तिको नाम अनिवार्य चाहिन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैक संचालक र कार्यकारी प्रमुखले आफू कार्यरत वित्तिय संस्थाबाट कर्जा लिन पाउदैनन् । कर्जा नपाउने भएकोले बैंकिङ्ग सिष्टम भन्दा बाहिर गई आफूलाई चाहिएको रकम भुक्तानी भएको देखियो र नचाहिएको बेला पैसा फिर्ता गरेकोले (Recovery) वा असुल भएको देखियो । यहि तरीकोले प्रत्येक महिनामा यो सिलसिला चल्यो होला ।”

सिद्धार्थ बैंकमा यो चलखेल हुँदा बैकका कार्यकारी अधिकृत शम्भुनाथ गौतम थिए । हामीले यस बारेमा प्रश्न सोधेका थियौं, उल्लेखीत शिर्षकमा कर्जा प्रवाह नभएको स्विकारे, भुक्तानी भएको पनि स्विकारे अनि असुल भएको पनि स्विकारे । यो कसरी भयो त भन्ने प्रश्नमा उनी जंगीए । “हो कर्जा प्रवाह भएको छैन, असुल पनि भएको छ र भुक्तानी पनि भएको छ, यो सब कसरी भयो मलाई थाहा छैन । तपाँइलाई जे मन लाग्यो त्यही लेख्नुख भन्दै फोन राखे ।

उनी बैंकबाट विदाई हुदै गरेको समयमा हामीले उनीसँग कुरा गरेका थियौं । संचालक समितीले उनको कार्यकाल पुनः नथपेकोले पनि उनले च्याठिदै कुरा गरेको हुन सक्छ ।

सो विषयमा कुरा गर्न हालका निमीत्त कार्यकारी प्रमुख सुन्दर प्रसाद कडेललाई निरन्तर सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
बैंकका संचालकले आफू खुसी जनताको बचत चलाउदा भोली ती संचालकहरुको पैसा डुबेमा बैंक पनि स्वत डुब्छ । संचालकलाई कारवाहि त होला तर डुबेको बचतको जिम्मेवारी कसले लीने ? नेपाल राष्ट्र बैंक वा सरकारले जिम्मेवारी लिई जनताको बचतको परपाई गरी दीन्छ त ? बैंक तथा वित्तिय संस्था डुब्दा त्यसको जिम्मेवारी नेपाल राष्ट्र बैंकले लिई जनताको भरपाई गर्छ त ? भनि हामीले राष्ट्र बैंकका प्रवक्ता सम्पर्कमा नआएपछि सह–प्रवक्ता नारायण पोखरेललाई सोधेका थियौं, “त्यस्तो जिम्मेवारी नेपाल राष्ट्र बैंकले लिदैन, उनले भने ।”

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने