२०८३ भदौ १६, मङ्लबार
 

हिमालयन बैंकको लाभांश वितरण रोक्न राष्ट्र बैंकमा उजुरी ।

प्राथमिकताप्राप्त क्षेत्र कर्जा प्रवाह प्रकरण ।

prabhu bank home loan

चंखेली खबर संवाददाता, काठमाण्डौं ।

हिमालयन बैंक लि. ले आफ्ना शेयर धनीलाई २१.३६ प्रतिशत शेयर लाभांश र ४.६४ प्रतिशत नगद लाभांश वितरण गर्ने चर्चा चलेसँगै सो बैंकले गर्ने लाभांश वितरणको अनुमती रोक्नको लागि नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ ।

हामीलाई प्राप्त विवरण अनुसार हिमालयन बैंक लि. ले करीव ८७०००००००÷–(सतासी करोड) जरीवाना नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने तर बैंकले उक्त जरीवाना नतिरेकोले लाभांश विवरणमा रोक लगाउन उजुरीमा भनिएको छ । चंखेली खबर र अन्य विभिन्न संचार गृह, स्वयम हिमालयन बैक र अर्थ मन्त्री समेतलाई उक्त उजुरीको बोधार्थ दिइएको छ ।

हिमालयन बैंकले राष्ट्र बैंकको निर्देशन अनुसारको कर्जा प्रवाह नगरेकोले करीव ८७ करोड जरीवाना तिर्नु पर्ने उजुरीमा उल्लेख गरीएको छ ।
आर्थिक वर्ष २०७७\२०७८ मा कृषीमा ११, उर्जामा ६ र घरेलु उद्योगमा ११ प्रतिशत अनिवार्य कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले निर्देशन नै जारी गरेको थियो । यदि उल्लेखीत प्रतिशत कर्जा प्रवाह गर्न नसकेमा जरीवाना तिर्नु पर्ने निर्देशनमा प्रष्ट छ ।

आर्थिक वर्ष २०७७÷२०७८ को पुष त्रैमासमा स्ट्याण्डर्ड चाटर्ड बैंक लि. ले कृषीमा ११ प्रतिशत कर्जा प्रवाह गर्न नसकेकोले ५७ लाख रुपैयाँ जरीवाना तिरेको प्रतिवेदन नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ ।

जारी एउटै निर्देशनलाई सम्मान गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंकले जरीवाना तिरेको छ भने देशको पहिलो गर्भनर संस्थापक अध्यक्ष रहेको बैंकले नियमन निकाय नेपाल राष्ट्र बैंकको निर्देशनलाई अटेर गरी यति ठूलो जरीवाना तिर्न आलटाल गरेको देखिन्छ ।

हिमालयन बैंकले पुष, चैत्र र असार त्रैमासमा उर्जा र साना तथा मझौला उद्योगमा राष्ट्र बैंकले तोकेको ६\११ प्रतिशत कर्जा प्रवाह गर्न सकेको छैन ।

राष्ट्र बैंकमा परेको उजुरी उपर कारवाहि भई जरीवाना असुल भयो त ? भनि हामीले राष्ट्र बैकका प्रवक्तालाई सम्पर्क गरेका थियौं । प्रबक्ताले चंखेली खबरको नं. ब्लक गरेका छन् । धैरै पटक अन्य न. बाट सम्पर्क गर्दा फोन उठाएनन् ।

हिमालयन बैंक लि. मा गभर्नर महाप्रसाद अधिकारीको शेर रहेको छ । आफ्नो शेर रहेकोले गभर्नरले बैंकबाट जरीवना असुल नगराएको हुनसक्ने नाम प्रकाशित नगर्ने शर्तमा राष्ट्र बैंकका एक जना बरीष्ठ कर्मचारीले बताए ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने