२०८३ बैशाख ५, शनिबार
 

आज बाट भेरोसेल खोप लगाइने,यस्तो छ सरकारको तयारी

काठमाडौ

prabhu bank home loan

सोमबारदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप भेरोसेल लगाइदैँछ। असोज ४ देखि १४ गतेसम्म पहिलो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै दोस्रो मात्राको खोप कार्तिक ४ देखि १४ गतेसम्म दिइने तयारी छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत् खोप शाखा अनुसार रसुवा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु,जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइनेछ।

काभ्रे  र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिकलाई खोप दिइदैंछ। यस्तै, १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने सरकारको तयारी छ। यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।

५८ जिल्लाहरुमा मनाङ, मुस्ताङ, र रुकुमपूवबाहेकका जिल्लाहरुमा ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइनेछ।

खोप शाखा प्रमुख सागर दाहालले यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा,शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहलाई पनि खोप दिइने बताए। ५५ लाख ७८ हजार ८ सय ६५ नागरीकले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने