२०८३ बैशाख ५, शनिबार
 

दल बिभाजन सम्बन्धि अध्यादेशविरुद्धको मुद्धा हेर्न नभ्याइनेमा

काठमाडौ

prabhu bank home loan

सरकारले दल विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश विरुद्धको मुद्दाको सुनुवाइका लागि तोकिएको पेशी हेर्न नभ्याइनेमा परेको छ ।

शुक्रबार सो सम्बन्धी पेशी तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त पेशी हेर्न नभ्याइनेमा पारेको हो ।

अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गर्दै रिट दायर भएको थियो ।

सरकारले अध्यादेश जारी गरेलगत्तै माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा  दर्ता भएका हुन् । नेकपा एमालेले भने पार्टी फुटाउनका लागि पूर्वाग्रही ढंगबाट विधेयक ल्याएको भन्दै सरकारको विरोध जनाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने