२०८३ बैशाख ५, शनिबार
 

पञ्जिशीर उपत्यकामा बिजय हाँसिल गरेको तालिवानको घोषणा

काठमाडौ

prabhu bank home loan

तालिवानले अफगानिस्तानको उत्तरपुर्वी क्षेत्रमा अवस्थित पञ्जशीर उपत्यकामा आफूले विजयी प्राप्त गरेको घोषणा गरेको छ। विजयी प्राप्त गरेको अवसरमा तालिवान समूहले सोमबार पञ्जशीरमा आफ्नो झण्डा फहराएको भिडियो सार्वजनिकसमेत गरेको हो।

यद्यपि तालिवानविरोधी समूहले भने आफूहरु ‘सबै रणनैतिक स्थानमा रहेको’ र ‘युद्ध जारी राख्ने’ जनाएको छ। तालिवानविरोधी नेताले भने तालिवानविरुद्ध राष्ट्र व्यापी रुपमा लड्न आह्वान गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक अडियो रेकर्डिङमा नेसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ)का नेता अहमद मसौदले तालिवानलाई सैन्य गतिविधि र राजनितिमा विश्वास दिलाउनुमा अन्तर्राष्ट्रिय समुदायहरु दोषी रहेको बताएका छन्।

‘तपाईहरु बाहिर या भित्र जो जहाँ भएपनि हाम्रो देशको स्वतन्त्रता र समृद्धिका निम्ति तालिवानविरुद्ध लड्न म देशव्यापी विद्रोह सुरु गर्न स सबैलाई आग्रह गर्छु’उनले भनेका छन्।

तालिवानले अगष्ट १५ मा अफगानिस्तानको राजधानी काबुलमाथि आफ्नो कब्जा जमाएको थियो। काबुल कब्जापछि तालिवानले पञ्जशीर उपत्यका कब्जा गर्न खोजिरहेको छ।  सोमबार तालिवानले आफुहरुले सो उपत्यका पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो।

यसअघि सन् १९८० को दशकमा सोभियत संघको मातहतमा चलेको अफगानिस्तानको पञ्जशीर उपत्यका तालिवान र सोभियत संघले आफ्नो नियन्त्रणमा लिन सकेको थिएन।

BBC

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने